images
images

महसुल नतिरेपछि प्राधिकरणले काटिदियो स्वास्थ्य मन्त्रालयको लाइन


  • 266
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    महसुल नतिरेपछि प्राधिकरणले काटिदियो स्वास्थ्य मन्त्रालयको लाइन

    काठमाडौं । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युतको लाइन काटिएको छ । विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय विद्युतविहिन भएको हो ।

    स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज रावतले बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युत्को बाँकी बक्यौता दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा  रहेको बताए । 

    सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले चासो नदिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् लाइन काट्नु परेको कार्यालय प्रमुख रावतको भनाइ छ  । मन्त्रालयमा मंसिर ५ गते नै विद्युत लाइन काटिएको हो ।

    बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको जिकिर गरे । उनले पत्र पठाउना साथ विद्युत् काट्नु गलत भएको बताए । महसुल भुक्तानीका लागि प्रक्रिया थालिएको उनको भनाइ छ ।


    images
    images

    Logo