images
images

सन् २०२३ अहिलेसम्मकै ‘तातो’ वर्ष बन्ने


  • 377
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    सन् २०२३ अहिलेसम्मकै ‘तातो’ वर्ष बन्ने

    काठमाडाैं । सन् २०२३ मा विश्वमा आउने भयंकर गर्मी र गर्मीको लहरले सन् २०२३ जलवायु परिवर्तनको रेकर्डमा ‘सबैभन्दा तातो वर्ष’ हुने कुरा लगभग निश्चित भएकाे छ । यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा गर्मी वर्ष बन्ने कुरा लगभग निश्चित रहेको युरोपिअन यूनिअनको जलवायुसम्बन्धी निकाय 'कपर्निकस'ले बताएको हाे । 

    युरोपियन युनियनको क्लाइमेट चेन्ज सर्भिसका अनुसार हावा र वैश्विक औसत तापमान हालसम्म सबैभन्दा गर्मी भएको अक्टोबर २०१९ को भन्दा ०.४ डिग्री सेल्सियस बढी गर्मी रहेको छ ।
     
    शोधकर्ताहरूका अनुसार अत्यधिक वैश्विक तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको छ । सन् २०२३ का अन्तिम दुई महिनामा तापक्रमको तथ्याङ्क बदलिने सम्भावना न्यून रहेका कारण यो वर्ष विश्वकै सबैभन्दा तातो वर्ष रहने तय भएको उनीहरूको जिकिर छ ।


    images
    images

    Logo