images
images

हैदराबादको नाम परिवर्तन गर्ने भाजपाको घोषणा


  • 313
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    हैदराबादको नाम परिवर्तन गर्ने भाजपाको घोषणा

    काठमाडौं । भारतीय जनाता पार्टी (भाजपा) ले हैदराबादको नाम परिवर्तन गर्ने घोषणा गरेको छ । तेलंगानामा बीजेपी राज्य प्रमुख र सांसद जी किशन रेड्डीले आफ्नो सरकार बनेमा हैदराबादको नाम बदलेर ‘भाग्यनगर’ राख्ने बताएका हुन् । 

    उनले समाचार एजेन्सी एएनआईलाई भने, “हाम्रा मुख्यमन्त्री योगी जी र हिमन्त बिस्वा जीले पहिले नै भनिसकेका छन् कि यदि हामी सत्तामा आयौं भने, हामी हैदराबादको नाम परिवर्तन गर्नेछौं ।”

    “तपाईलाई थाहा छ कि क्षेत्रीय दलहरूले मद्रासको नाम चेन्नई, कलकत्ताको नामलाई कोलकाता, बम्बईको मुम्बई, राजपथको नाम दत्तवा पथमा परिवर्तन गरे ।”

    ‘हैदराबादको नाम किन बदल्नु हुँदैन, हैदर को हो, हैदर कहाँबाट आयो, हैदर नाम आवश्यक छ ? भाग्यनगर पुरानो नाम हो। निजाम कालमा नाम परिवर्तन भएको थियो । हामी सत्तामा आएपछि हैदरावादको नाम भाग्यनगर राख्नेछौं ।’


    images
    images

    Logo