images
images

पहिचान पक्षधरद्वारा मेची राजमार्ग बन्द


  • 232
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    पहिचान पक्षधरद्वारा मेची राजमार्ग बन्द

    काठमाडौं । पहिचानवादी समूहले मेची राजमार्ग बन्द गराएका छन् ।  नेकपा (एमाले)का सचिव एवं सङ्घीय सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले मेची राजमार्गको ताप्लेजुङदेखि झापासम्म यातायात ठप्प पारेका हुन् । 

    दुई दिन अघि ताप्लेजुङ आएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई कालो झण्डा देखाएको र भट्टराईको गाडी तोडफोड गरेको आरोमा ताप्लेजुङ प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पाथीभरा याङवरक गाँउपालिका १ का बिपिन कङ्लिम्बा र आनन्द कङ्लिम्बालाई प्रहरीले पक्राउ गरेको हो । झुटो आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै पहिचानवादीहरुले मेची राजमार्ग ठप्प पारेका हुन् । 

    पहिचानवादीहरुले ‘कोशी’ नाम खारेज गर्नुपर्ने, पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामांकन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । 


    images
    images

    Logo