images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?


  • 584
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    सोमबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनको मुल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     


    images
    images

    Logo