काठमाडौं । पानीको बोतलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सोमबार ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई १ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले गरेको अनुगमनका क्रममा ए.एण्ड वि वेमरेज इन्ड्रस्टिजद्वारा प्याकेजिङ पानीको बोतलमा किरा भेटिएको हो । उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ । एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
यस्तै पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।