images
images

रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


  • 301
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । सडक कालोपत्रे गर्ने काम गरिएको भन्दा बढी नापी किताबमा चढाएर रकम भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा लगाएको हो । 

    आज विशेष अदालत काठमाडौंमा रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्रनारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरी,  वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं. ३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरी, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)विरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो । 

    अख्तियार प्रवक्ता भाेला दाहालका अनुसार वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माणको काम भएको थियो । तर त्यहाँ भएको वास्तविक कामभन्दा बढी नापी किताबमा चढाएर भुक्तानी लिएको भन्ने आरोप थियो ।

    अख्तियारले अनुसन्धान गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको प्रवक्ता दाहालले बताए । 

    उक्त रकम बिगो जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ ।


    images
    images

    Logo