images
images

त्रिवि दिक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने (सूचनासहित)


  • 798
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    त्रिवि दिक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने (सूचनासहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोह पुस २ गते हुने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गर्दै यही पुस २ गते सोमबार दशरथ रंगशालामा दिक्षान्त समारोह कार्यक्रम आयोजना गर्नेबारे जनाएको हो । 

    'समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ एरेन्जमेन्टअनुसार तोकिएको स्थानमा बसिसक्नुपर्नेछ,' सूचनामा भनिएको छ ।

    पीएचडी र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू अगाडिका सीटहरूमा बस्नुपर्ने पनि सूचनामा जनाइएको छ ।

    1.JPG

    2.JPG


    images
    images

    Logo