images
images

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 714
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो। यसअघि उच्च रेकर्ड कायम गर्दै कात्तिक १२ गते १ लाख १७ हजार रुपैयामा कारोबार भएको थियो ।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     


    images
    images

    Logo