images
images

क्यानडाका लागि राजदूतमा पौड्यालको नाम समितिबाट अनुमोदित


  • 323
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    क्यानडाका लागि राजदूतमा पौड्यालको नाम समितिबाट अनुमोदित

    काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । 

    संघीय संसद संसदीय सुनुवाइ समितिले आइतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतका लागि प्रस्ताव गरेको पौडेलको नाम अनुमोदन गरेको हो ।

    यसअघि कात्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मत अनुमोदन भएको बताए ।

    उनले प्रस्तावित राजदूत पौड्यालविरुद्ध दुईवटा उजुरी परेको बताए। उनले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।

    संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।


    images
    images

    Logo