images
images

बारामा कुमारी बैंकको एटिएम ताेडफाेड, पैसा सुरक्षित


  • 375
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    बारामा कुमारी बैंकको एटिएम ताेडफाेड, पैसा सुरक्षित

    सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेर शनिवार राती पैसा चोरी गर्ने प्रयास भएको छ । सुन्दरबस्तीमा रहेको एटिएम मेसिन फोडे पनि भल्ट फुटाउन नसकेपछि चोरले रकम चोरी गर्न पाएनन् । 

    सटरको ताला फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोडेका थिए । तर भल्ट फुटाउन नसकेका कारण पैसा सुरक्षित रहेको बैंकको भनाई छ । बैंकका शाखा प्रवन्धक पंकजकुमार उपाध्यायले एटिएम मेसिनको अवस्था हेर्दा रकम चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा 'भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी दिए । 

    बैंकमा रहेका सुरक्षागार्डले आइतबार बिहान करिब ३:३० बजे एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए । सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेका थिए । 

    बैंकका अनुसार राती १:५० बजेदेखि सिसिटिभी क्यामरा बन्द अवस्थामा छ । सटर फोडेलगत्तै क्यामरा फुटाएर चोरले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । 

    ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एटिएम मेसिन फोड्नेको खोजी भईरहेको बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको क्षेत्रीले बताए ।


    images
    images

    Logo