images
images

प्रहरीका तीन एसपीको काज सरुवा 


  • 489
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    प्रहरीका तीन एसपीको काज सरुवा 

    काठमाडौं । नेपाल प्रहरीले ३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत विभागले रञ्जु सिग्देल, अनुपम शम्शेर जबरा र राजेन्द्रप्रसाद धमलाको काज सरुवा गरेको हो ।

    सिग्देल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरबाट प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमा खटाइएका छन् । प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा रहेका जबरालाई नेपाल प्रहरी–सशस्त्र प्रहरी गण नं. १ नक्साल र धमलालाई प्रहरी प्रधान कार्यालय कानून शाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ ।


    images
    images

    Logo