images
images

विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्ने


  • 369
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्ने

    काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सरकारले आगामी २०८१ वैशाख ९ र १० गते लगानी सम्मेलन गर्नेगरि तयारी अगाडी बढाएको छ । 

    सम्मेलन तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट रहेका छन् ।

    सम्मेलन तयारीको समन्वयको काम लगानी बोर्डले गर्ने भएको छ । त्यसैगरी, मुख्य समितिको संयोजकत्वमा समन्वयन समिति बनेको छ । लगानी बोर्डले सम्मेलनका लागि तयारी अघि बढाएको छ । सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो । लगानी सम्मेलनमा विकास साझेदार, मित्र राष्ट्र, विदेशी लगानीकर्तालाई आमन्त्रण गरिनेछ ।


    images
    images

    Logo