images
images

रेकर्ड नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 499
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    रेकर्ड नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आइतबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि कात्तिक १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला १ लाख १७ हजार रुपैयामा कारोबार भएको थियो। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo