बर्दिया । बर्दियाको एक घरमा आगलागी हुंदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति साढे दश वजे आगलागी हुँदा थप एक जना घाइते भएका छन् ।
आगलागीमा परेर मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् । राती सुतेका वेला घरमा आगो लग्दा जलेर उनीहरुको मृत्यु भएको बताइएको छ ।
आगोमा परेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।