images
images

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाऊ आदेश जारी


  • 251
    SHARES
  • २०८० मंसिर ८ गते शुक्रबार

    माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाऊ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ । 

    विपक्षीहरुको लिखित जवाफ पेश भएपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुनेछ । अन्तरिम आदेश जारी भएमा माइतीघर मण्डला लगायतका क्षेत्रमा विरोध वा आन्दालनका कार्यक्रम पूर्ववत् अवस्थामै गर्न पाइनेछ ।

     


    images
    images

    Logo