images
images

सञ्चालनमा आएको ११ महिनापछि मात्रै पोखरा विमानस्थलमा अध्यागमन


  • 382
    SHARES
  • २०८० मंसिर ८ गते शुक्रबार

    सञ्चालनमा आएको ११ महिनापछि मात्रै पोखरा विमानस्थलमा अध्यागमन

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ११ महिनापछि मात्रै अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । सन् २०२३ को जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । 

    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पुग्नलाग्दा पनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अहिलेसम्म ३ वटा चार्टर विमान आउनेबाहेक नियमित उडान भएको छैन । चार्टड विमान आउँदा काठमाडौंबाटै अध्यागमनका कर्मचारी आएर सेवा दिने गर्थे । बिहीबारदेखि उपसचिव लीलाभल्लव न्यौपानेले अध्यागमन कार्यालयको नेतृत्व गर्ने गरी सुरु भएको छ । 

    विमानस्थलमा कुल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा विभिन्न तहका १० जना कर्मचारीले काम सुरु गरेका हुन् । नियमित अन्तर्राष्ट्रिय उडान भएको खण्डमा सेवा दिने गरी बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल ड्युटी अफिसर शिव भुसालले बताए । यसअघि चार्टड उडान हुँदा काठमाडौंबाटै अध्यागमनका कर्मचारी आउने गरेको बताइएको छ । 

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ मा पहिलोपटक चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा अवतरण भएको थियो । भदौ २३ गते रोयल भुटान एयरलाइन्सको डुक जहाज पोखरामा आएर पाहुनालाई लिएर गएको थियो । भुटानको जहाजले पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो । 

    मंसिर ९ गतेदेखि पोखरामा हुने माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी अफिसियल, चिकित्सक र चालक दलका ७ जनासहति १ सय २ जना बोकेर चीनको  बिहीबार साँझ चिनियाँ चार्टड विमान चीनको कुनमिङ सहरबाट पोखरा आइपुगेको छ । चार्टड बिमानबाट पोखरा आएका पाहुनालाई चीनका राजदूत, पोखरा महानगरपालिकाका मेयरलगायतले स्वागत गरेका थिए । पर्यटकको स्वागतमा विमानस्थलमा पञ्चेबाजा बजाएर नाच गान पनि गरिएको थियो ।  


    images
    images

    Logo