images
images

धनगढीका लागि उडेको श्री एयरलाइन्सको इन्जिनमा आगो, काठमाडौंमै आकस्मिक अवतरण


  • 715
    SHARES
  • २०८० मंसिर ८ गते शुक्रबार

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको इन्जिनमा आगो, काठमाडौंमै आकस्मिक अवतरण

    काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटै काठमाडौं फर्काइएको छ । दायाँ इन्जिनमा आगो देखिएपछि विमानलाई फर्काएर काठमाडौंमा नै अवतरण गराइएको हो । 

    काठमाडौंबाट उडेको उडान नम्बर २२५ को विमान इन्जिनमा समस्या देखिएपछि विमानस्थलदेखि ६० माइल दूरीबाट फर्काइएको हो ।

    श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेटरले विमानमा समस्या देखिएको संकेत दिएपछि फर्काइएको जानकारी दिए ।


    images
    images

    Logo