काठमाडौं । ‘नजरबन्द’ मा रहेका दुर्गा प्रसाईँको घरमा मानवअधिकारको टोली पुगेको छ । सरकारले ‘हाउस अरेस्ट’ मा राखेको भन्दै आफ्नो निवासस्थानमा पत्रकार सम्मेलन गरेपछि प्रसाईँलाई उद्दार गर्न मानवअधिकारको टोली उनको घर पुगेको हो ।
यद्यपि प्रसाईँ पक्षले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार गरेको बुझिएको छ । प्रसाईँलाई भेट्न नपाएपछि मानवअधिकार टोली फर्किएको छ ।
शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शन गर्ने तयारीमा रहेका उनलाई सरकारले भक्तपुरस्थित निजी निवासमा ‘नजरबन्द’मा राखेपछि मानव अधिकारको टोली त्यहाँ पुगेको हो । यतिबेला प्रसाईंको घरमा बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ छ ।
काठमाडौं सिडिओ कार्यालयले आज तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको हो । यसका साथै प्रहरीले आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै पक्राउ गर्न थालेको छ ।



