काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) को पदस्थापना भएको छ । गृह मन्त्रालयको गत मंसिर ५ गतेको निर्णयबाट प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएकालाई बिहीबार विभिन्न कार्यालयमा पदस्थापन गरिएको हो ।
यसरी पदस्थापना हुनेमा बसन्त रजौरे, रविन्द्र कुमार पौडेल, नविनराज राई, वीर बहादुर ओली, चन्द्रदेव राइ रहेका छन् ।

