काठमाडौं । आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कायम भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।