images
images

हिमालय एयरलाइन्सले काठमाडौं–सांघाइ साताको दुई उडान गर्ने


  • 581
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    हिमालय एयरलाइन्सले काठमाडौं–सांघाइ साताको दुई उडान गर्ने

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ। नेपाल(चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

    उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो।

    हाल यो कम्पनीले तीनवटा एयरबस ३२०÷२१४ र एउटा एयरबस ३१९÷११५ गरी कुल ४ वटा जहाजमार्फत यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

     

     

     


    images
    images

    Logo