images
images

मर्मतपछि नेपालगन्ज उड्यो नेपाल एयरलाइन्सको सिमकोट विमानस्थलमा रोकिएको जहाज 


  • 489
    SHARES
  • २०८० कार्तिक ३० गते बिहीबार

    मर्मतपछि नेपालगन्ज उड्यो नेपाल एयरलाइन्सको सिमकोट विमानस्थलमा रोकिएको जहाज 

    हुम्ला । इन्जिनमा फ्युज हाल्ने काम भएपछि सिमकोट विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज फर्किएको छ । काठमाडौंबाट आएको प्राविधिक टोलीले जहाजको मर्मत कार्य गरेपछि तीन दिनपछि जहाज फिर्ता भएको हो । 

    दुवै इन्जिन स्टार्ट नहुने समस्या देखिएर सिमकोट विमानस्थलमा सोमबारबाट रोकिएको नेपाल एयरलाइन्सको जहाज मर्मतपछि फिर्ता भएको छ । मंगलबार काठमाडौंबाट आएको प्राविधिक टोलीले जहाजको इन्जिनमा गएको फ्युज हाल्ने काम गरेपछि फिर्ता भएको हो । 

    नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले मर्मत गरेपछि तेस्रो दिनपछि फिर्ता भएको बताए । उक्त जहाजका क्याप्टेन मनिस बिष्टले नेपालगन्जका लागि उडान भरेका हुन् । 

    उनले प्राविधिकहरुको टोलीले जहाजको इन्जिन हेरेको र चिसोका कारण इन्जिन सञ्चालनमा समस्या आएको बताए । मंगलबार इन्जिनीयरसहित तीन जना जना प्राविधिक जहाजको मर्मतका लागि सिमकोट आई पुगेको थियो । जहाजमा प्राविधिक समस्या आएपछि बरिष्ठ क्याप्टेन बिष्ट, कोपाईलट र एयरहोस्टेज समेत सिमकोटमा रोकिएका थिए । जहाज मर्मतपछि रोकिएका यात्रुहरु उड्न पाएका थिए । 


    images
    images

    Logo