images
images

मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, १० महिनामा ७ हजारले गरे भ्रमण


  • 573
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो, १० महिनामा ७ हजारले गरे भ्रमण

    काठमाडौं । गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म ७ हजार ८ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

    यसवर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए। ‘‘सन् २०२२ मा छ हजार एक सय दुई यस क्षेत्रमा आइपुगेका थिए, उनले भने, ‘‘यो वर्ष सकिन अझै दुई महिना बाँकी छदैँ सात हजार आठ सयभन्दा बढी पर्यटक आइपुगेका छन् ।’’

    मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका १ सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका ७ हजार ६ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा ४ हजार ५ सय १९ पुरुष र ३ हजार ३ सय ३८ महिला पर्यटक रहेका छन् । कोराना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ थियो ।

    उक्त कार्यालयको तथ्याङकअनुसार सन् २०२१ मा ९ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । अघिल्ला वर्षको तुलनामा यसवर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । ‘यसवर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,’ प्रमुख शेरचनले भने, ‘साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र २ हजार ९ सय ३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’

    साउन महिना ८०, भदौमा ५ सय ४७ र असोजमा २ हजार २ सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।


    images
    images

    Logo