images
images

दश महिनामा ८ लाख पर्यटक गरे नेपाल भ्रमण, कुन देशबाट कति ?


  • 614
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    दश महिनामा ८ लाख पर्यटक गरे नेपाल भ्रमण, कुन देशबाट कति ?
    फाइल तस्बिर

    काठमाडौं । सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

    अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३ सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा १ लाख १३ हजार ८ सय १६ पर्यटक नेपाल आएका थिए ।
          
    अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४ सय ८०, अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय ११, फ्रान्सबाट ५ जहार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ पर्यटक नेपाल आएका थिए ।


    images
    images

    Logo