images
images

एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक, सबैभन्दा धेरै भारतीय


  • 441
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक, सबैभन्दा धेरै भारतीय
    फाइल तस्बिर

    काठमाडौं । अक्टोबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो ।

    अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।

    २०२३ को जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् ।


    images
    images

    Logo