images
images

काठमाडाैं महानगरद्वारा कर नतिर्ने ५२ ठूला संस्थाको सूची सार्वजनिक

कर तिर्न ३० दिने समय, नतिरे कारबाही


  • 1.3K
    SHARES
  • २०७८ श्रावण २४ गते आइतबार

    काठमाडाैं महानगरद्वारा कर नतिर्ने ५२ ठूला संस्थाको सूची सार्वजनिक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित ठूला ५२ वटा औद्योगिक तथा व्यापारिक संस्थालाई कर तिर्न वारेन्ट जारी गरेको छ । ती संस्थाहरुलाई घरजग्गा कर तथा सम्पत्ति कर बुझाउन पटक पटक पत्राचार गर्दा समेत करको दायरामा नआएपछि महानगरपालिकाले यस्ता संस्थाहरुलाई उपलब्ध गराउँदै आएको सेवा बन्द गर्न लागेको हो । 

    महानगरपालिकाले सूचना प्रकाशित गर्दै अबको ३० दिनभित्र कर नबुझाएमा महानगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने, सम्पत्ति रोक्का राख्ने तथा असुल हुन बाँकी रकम रकम सरकारी बाँकीसरह असुल उपर गर्ने चेतावनी दिएको छ । 

    कुन कुन छन् फर्म ? 

    यसरी वारेन्ट पाउने फर्महरुमा व्यक्ति, शपिङ कम्प्लेक्स, अपार्टमेन्ट, होटल, सिनेमा हल, हाउजिङ, सरकारी संस्थान, स्कुल, कलेज, हस्पिटल लगायत छन् । जय नेपाल हल, गोपिकृष्ण मुभिज, काठमाडौं जेसिस, नेपाल खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, सिद्धार्थ बनस्थली स्कुल, सञ्जना ट्रेड सेन्टर, केएल टावर, सिटि सेन्टर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण लगायतका विभिन्न व्यवसायिक संस्था छन् । 

    mahanagar.jpg

     


    images
    images

    Logo