images
images

राजश्व सचिव पुडासैनीले पाए अवकाश, ३३ वर्षे सेवा, २५ वर्षसम्म अर्थ मन्त्रालयमा


  • 630
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    राजश्व सचिव पुडासैनीले पाए अवकाश, ३३ वर्षे सेवा, २५ वर्षसम्म अर्थ मन्त्रालयमा

    काठमाडौं । राजश्व सचिव रामशरण पुडासैनीले अवकाश पाएका छन् । ३३ वर्षको निजामति सेवापछि पुडासैनीले शुक्रबार अबकाश पाएका हुन् । अर्थ मन्त्रालयले सचिव पुडासैनीलाई शुक्रबार बिदाइ गरेको छ । 

    बिदाइ कार्यक्रममा पुडासैनीले कर्मचारीहरु हामी राज्यबाट केही लिन नभई केही दिन आएको भन्दै जनता र राष्ट्रको सेवा गर्नु नै कर्मचारीको धर्म भएको उल्लेख गरे । तीन दशकभन्दा लामो समय निजामति सेवामा बिताउदाको अनुभव सुनाउँदै उनले राजनीतिक क्षेत्रले कर्मचारीलाई अझै पूर्ण विश्वास गरिनसकेको बताए । 

    कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लाग्नुभएका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । उनले जनताको पसिनाको थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुनेगरी नीति बनाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

    Farewell-Ram-Sharan-Pudasai.jpg
     
    समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सचिव रहँदा पुडासैनीले गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । 

    वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरेका पुडासैनी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत भए । उनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा काम गरेको अनुभव समेत छ ।५८ वर्षे उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाश पाउन लागेका उनको भोलि सार्वजनिक विदा भएपछि आजै बिदाइ गरिएको हो । 

    कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित बिदाइ गरिएको थियो ।   


    images
    images

    Logo