images
images

साउनमा ११६ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर र चालु खाता दुवै बचतमा


  • 981
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    साउनमा ११६ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर र चालु खाता दुवै बचतमा

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा रेमिट्यान्स आप्रवाह २१.५ प्रतिशतले बढेर सो बराबरको रेमिट्यान्स आएको हो । 

    रेमिट्यान्स आप्रवाहमा भएको सुधारसँगै यो अवधिमा देशको शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर अवस्था १९ अर्व नोक्सानमा थियो । 

    अघिल्लो वर्ष नेपालको चालु खाता १५ अर्बले नकारात्मक रहेको थियो । यो अवस्था सुधार भएर यो वर्ष चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । 


    images
    images

    Logo