images
images

कोशी प्रदेशको 'बजेट होलिडे' सकियो, अध्यादेशमार्फत् आयो पुरानै बजेट


  • 567
    SHARES
  • २०८० भाद्र २४ गते आइतबार

    कोशी प्रदेशको 'बजेट होलिडे' सकियो, अध्यादेशमार्फत् आयो पुरानै बजेट

    विराटनगर । अदालतको आदेशका कारण बजेट विहीनताको अवस्था रहेको कोशी प्रदेशमा अध्यादेशमार्फत् बजेट आएको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकको सिफारिस अनुसार प्रदेशप्रमुख परशुराम खापुङले अध्यादेश जारी गरेका हुन् । 

    प्रदेश प्रमुखको कार्यालयका अनुसार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरिएको छ । मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेकै दिन शुक्रबारको बैठकले अध्यादेश ल्याउने निर्णय गरिएको हो ।

    योसँगै करिब १४ दिनदेखि कोशी प्रदेशको बजेट बिहीनता अन्त्य भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

    बजेट होलिडेको अवस्थाबीच अध्यादेश ल्याउन लागेको उद्दव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएसँगै त्यो रोकिएको थियो । 


    images
    images

    Logo