images
images

भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा


  • 339
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा

    भक्तपुर । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा भएको छ । साे बारेमा जानकारी दिँदै संगठनका जिल्ला अध्यक्ष रञ्जन खड्काले भक्तपुर जिल्लाको बृहत भेलाको तयारी पुरा भएको बताएका हुन् । 

    नेकपा एमाले निकट संगठनले भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेको बृहत भेलाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

    भक्तपुरको चार वटै नगरपालिकामा संगठनको नगर कमिटीलाई पूर्णता दिएको बताउँदै उनले भने, “भक्तपुरमा राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जुझारु बनेर अगाडि बढेको छ, अहिलेसम्म जिललाका चार वटै नगर कमिटीलाई पूर्णता दिन सफल भएका छौँ, जिल्लामा रहेका ३८ वटा वडा मध्ये २६ वडामा कमिटी गठन गरेर पूर्णता दिएका छौँ, बाँकी वडामा पनि कमिटी गठन गर्ने तयारीमा छौँ, अहिले जिल्ला, प्रदेश र केन्द्रमा गरेर भक्तपुरका ४०६ जना संगठित भएर अगाडि बढिरहनु भएको छ ।”

    उनले संगठन पार्टी र देशको रक्षाका लागि जनताको हकहितका लागि सधै अगाडि मोर्चामा निडर भएर लाग्ने बताउदै देश र जनताको लागि पार्टीको नीति बमोजिम अगाडि बढ्न आव्हान गरेका छन्। साथै अध्यक्ष खड्काले बिहिबार कौशल्टारको ह्वाईट पार्टी प्यालेसमा हुने बृहत भेलामा सहभागि हुन सबैमा आग्रह समेत गरेका छन् ।
     
    कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनारले गठनबन्धन सरकारले गर्दै आएको जनबिरोधी कामको भण्डाफोर अभियान चलाउनु पर्ने बताए ।

    सत्ताका लागि जस्तोसुकै देशघाती सम्झौता गर्न पनि पछि नपरेको वर्तमान गठबन्धन सरकार देश र जनताको लागि घातक भएको भन्दै उनले देशमा बढ्दो भ्रष्टाचार, अनियमितता, देशघाती कदम रोक्न संंगठनले खबरदारी अभियान चलाउनु पर्ने बताए ।

    कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं पुर्व जर्नेल बिनोद पाण्डेले भूतपूर्व सैनिक प्रहरीलाई देशप्रति ठूलो चिन्ता रहेको बताउदै देशको रक्षाका लागि, सुरक्षाका लागि, बिकासका लागि र शान्तिका लागि सधै अगाडि रहने बताए ।

    देशलाई एकताबद्ध बनाएर संगठन सक्रिय रहेको भन्दै उनले पार्टीको नीति, नियम, सिद्धान्तलाई अंगिकार गर्दै अगाडि बढ्ने बताए ।बृहत भेलामा पार्टी अध्यक्ष ओली, एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री, युवा नेता महेश बस्नेत, संगठनका इन्चार्ज यज्ञराज सुनुवार, संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डे, जिल्ला अध्यक्ष रञ्जन खड्काले संगठनकाबारेमा बोल्ने कार्यक्रम तय भएको छ ।


    images
    images

    Logo