काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अथात् साउनमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात १.५६ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा आयात १ खर्ब ३१ अर्ब रुपैयाँ भएको थियो भने १४ अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा ०.६६ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब ४७ करोड व्यापार घाटा भएको थियो ।
यस अवधिमा आयात निर्यात अनुपात ७.७६प्रतिशतले बढेको छ ।



