images
images

सभामुखले अधिकारको दुरुपयोग गरे भन्दै एमाले र राप्रपाले गरे बैठक वहिष्कार


  • 244
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    सभामुखले अधिकारको दुरुपयोग गरे भन्दै एमाले र राप्रपाले गरे बैठक वहिष्कार

    काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिष्कार गरेका छन् । विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन् ।

    सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला बैठक बहिष्कार गर्दै बाहिर निस्किएका थिए । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले असंवैधानिक निर्णय गरेका कारण बैठक बहिष्कार गर्न बाध्य भइएकाे भन्दै सिटौला सभा छाडेर निस्किएका थिए ।

    एमाले र राप्रपाका सबै सांसदले वैठक बहिष्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका हुन् ।


    images
    images

    Logo