images
images

संसद सञ्चालन गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति 


  • 198
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    संसद सञ्चालन गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति 

    काठमाडौं । संसद्को अवरोध हटाउनका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ । असोज ५ मा आयोग गठन गरी सोही दिनदेखि छानविन आयोगले काम थाल्ने सहमति भएपछि संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको आजको बैठकले २ बुँदे सहमति भएकाे हो ।

    सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठनको सहमति भएको छ।  यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेलेले गत साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएको छ। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग एमालेले गरेको थियो। प्रतिनिधि सभा बैठक बुधबार अथात् आज अपराह्न ३ बजे बस्दैछ । 

    साे बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थियाे । 

    366798796.jpg

     


    images
    images

    Logo