काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार २० र्फममार्थि कारवाही गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले काठमाडौं, भक्तपर, ललितपुर लगाएतका प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगम गर्ने क्रममा कैफियत भेटिएपछि कारवाही गरिएको हो ।
कारवाहिमा पर्नेहरुमध्ये १२ वटलाई जरिवाना गरिएको छ । बाँकी ८ वटामध्ये ६ वटालाई कागजात माग भएको छ भने २ वटालाई मान्य निर्देशन दिएको छ ।
त्यस्तै, नगद जरिवाना पर्नेमा जोरपाटी, गोकर्णेश्वर, नरेफाँट, तीनकुने, आदर्श र भक्तपुरका १२ फर्मलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।