काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतक हुनेमध्ये २ जना महिला र ६ जना पुरूष छन्।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।घटनाबारे विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।