काठमाडौं । जापानले धुलिखेल अस्पतालको सुधारका लागि दिन लागेको ३ अर्ब २९ करोड येन सरकारले लिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले उक्त रकम स्वीकृत गरेको हो ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।