काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ । आज पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उक्त घटनामा घाइते भएका व्यक्तिको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बाँकीकाे उद्धार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।