काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम पाकिस्तान जाने भएका छन् । क्रिकेट टीम बुधबार पाकिस्तान जाने भएका हुन् ।
एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टोलीलाई आज क्यानले बिदाई गर्दैछ ।
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने बुधबार पाकिस्तान नजाने भएका छन् ।
उक्त खेलका लागि सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीप सो खेलको लागि नजाने भएका हुन् । उनी अदालतबाट सफाइ पाएर मात्रै एसिया कप खेल्न जाने भएका छन् ।
उनकाे मुद्दामा गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।