images
images

कागबेनीको बाढीमा हराएको दुईवटा दानपेटिका भेटियो


  • 291
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    कागबेनीको बाढीमा हराएको दुईवटा दानपेटिका भेटियो

    काठमाडौं । मुस्ताङको कागबेनी खोलामा आएको बाढीले बगाएर पुरिएको दानपेटिका भेटिएको छ । श्रावण २८ गते आइतबार राति कागखोलामा आएको बाढीले बगाएको मन्दिरका दुईवटा दानपेटिका मंगलबार फेला परेको हो । 

    कागबेनी धर्मशालाको गण्डकी माताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृह रहेको स्थानको बाढी पन्छाउने क्रममा धर्मशालाको दुईवटा दान पेटिका भेटिएको प्रहरी निरीक्षक मिलन बहादुर विकले जानकारी दिए । 

    उनका अनुसार बाढीले धर्मशालाको भौतिक संरचनासँगै एक थान काठको र अर्को फलामको दानपेटिका फेला परेको हो । धर्मशालाको दानपेटिकामा ५३ हजार ९१८ रुपैयाँ फेला परेको प्रहरी निरीक्षक विकले बताए । 

    धर्मशालाको दानपेटिका बाकसमा रहेको रकम प्रहरी, जनप्रतिनिधि, धर्मशालाका प्रतिनिधि र स्थानीयवासीको रोहबरमा गणनासहित मुचुल्का गरी धर्मशालाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    ८ दिनदेखि उक्त क्षेत्रमा हराएका जिन्सी सामग्रीको खोजीको काम भइरहेको छ । खोजीको क्रममा भदौ १ गते प्रभु बैंकको ६५ लाख रुपैयाँ र आइतबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ५ लाख रुपैयाँ भेटिएको थियो । 


    images
    images

    Logo