काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलीसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद स्थगित भएकाे हाे ।
‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।




