images
images

महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने


  • 236
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । 

    महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानि नगर्ने बताए । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ । 

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।”   

    डेङ्ग रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराउनुभएको छ । 


    images
    images

    Logo