images
images

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क उठाउन बोलपत्र आह्वान 


  • 303
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क उठाउन बोलपत्र आह्वान 

    काठमाडौं । भैरवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पार्किङको शुल्क उठाउन बोलपत्र आह्वान गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सुचना जारी गर्दै तीन बर्षका लागि सवारी साधनको पार्किङ शुल्क उठाउन इभ्छुक कम्पनीलाई आवेदन माग गरेको हो । 

    विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलतर्फको (हालको कार्गो भवनअगाडि) गरी कुल ११ हजार ३ सय ७५ वर्गमिटर पार्किङ क्षेत्रमा तीन वर्षका लागि सवारी साधन पार्किङ शुल्क उठाउन ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    सूचनाअनुसार तीन वर्षका लागि न्यूनतम् ठेक्का रकम १ करोड २१ लाख ९९ हजार ६ सय ८ रुपैयाँ तोकिएको छ । इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा बोलपत्र आवेदन दिन सक्ने जनाइएको छ ।

    gautam buddha.JPG

     

     

     


    images
    images

    Logo