images
images

महानगरको कल सेन्टरमा दैनिक सय बढी कल, भिखारीले माग्दादेखि कुकुरले टोक्दासम्म गुनासो


  • 285
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    महानगरको कल सेन्टरमा दैनिक सय बढी कल, भिखारीले माग्दादेखि कुकुरले टोक्दासम्म गुनासो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा दैनिक १०० भन्दा बढी कलहरु आउने गरेका छन् । महानगरले श्रावण महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्दै कल सेन्टरमा श्रावण १ देखि ३२ गतेसम्ममा ३६०१ कल आएको जनाएको छ । त्यसमध्ये गुनासोको लागि २४१ वटा कल आएको र १५४ वटाको सम्बोधन समेत भइसकेको छ ।

    सबैभन्दा धेरै गुनासो नगर प्रहरी बलसँग सरोकार राख्ने विषयमा रहेको छ । उक्त विभागको कार्यक्षेत्र रहने विषयमा १२२ वटा गुनासो दर्ता भएकोमा १०८ वटाको समाधान भइसकेको छ । उक्त विभागमा ५० प्रतिशत जथाभावी पार्किङसम्बन्धी, २० प्रतिशत कम्प्लेक्सले सेवाग्राहीसँग पार्कीङ शूल्क लिएको भन्ने रहेका छन् । त्यस्तै, उद्योग, स्कुल, रेष्टुरेन्टबाट चर्को ध्वनी निस्किएको १० प्रतिशत, माग्नेले दुःख दिएको १० प्रतिशत र गाढा, साइकल, ठेलामा व्यापार गरेको भन्ने गुनासो १० प्रतिशतले गरेको जनाइएको छ । 

    स्वास्थ्य विभागसम्बन्धी ५० वटा गुनासो दर्ता भएकोमा ५० वटाको नै सम्बोधन भइसकेको कल सेन्टर इन्चार्ज भरत पोखरेलले जनाएका छन् । त्यसमध्ये ३० प्रतिशत गुनासो कुकुर बाँदरले टोकेको बारे रहेको छ । 

    वातावरण विभागमा ४५ वटा गुनासो दर्ता भएका छन् । त्यसमध्ये ढल निकास बन्द भएर बाटोमा ताल जमेको भन्ने गुनासो नै ५० प्रतिशत रहेका छन् । त्यस्तै, समयमा फोहोर नउठेको, जथाभावी फोहोर फ्याँकेको, धुलो धुवाँले प्रदूषण भएको, सडक छेउको गमला र बिरुवाको हेरचाह नभएको आदि सम्बन्धमा समेत गुनासो आइरहने पोखरेलले जनाएका छन् ।

    त्यस्तै, सडक निर्माण विभागसम्बन्धी २१, शिक्षा विभाग सम्बन्धी २६, राजस्व विभाग सम्बन्धी ६, सहकारी विभाग सम्बन्धी १ र मेयर उपमेयरसँग सरोकार राख्ने २० गुनासो दर्ता भएकोबारे उल्लेख गरिएको छ । 

     

    Kathmandu Metro.jpg


    images
    images

    Logo