images
images

सीआईवीले लियो विजयकुमार गच्छदार र सञ्जय साहसँग बयान 


  • 205
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    सीआईवीले लियो विजयकुमार गच्छदार र सञ्जय साहसँग बयान 

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  विजयकुमार गच्छदार र सञ्जय साहसँग बयान लिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको हो ।

    बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरु विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका नै बयान लिएको छ । त्यसअघि आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिएको थियो । 

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीले संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन २०२० को कीर्ते सम्बन्धी कसुर लगाएर अनुसन्धान गरिरहेको छ । 

     


    images
    images

    Logo