काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।