images
images

भट्टको घुस प्रकरणको भिडियो बाहिरिएपछि छानबिन गर्न उपसमिति गठन, संसदमा कारबाहीको माग


  • 327
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    भट्टको घुस प्रकरणको भिडियो बाहिरिएपछि छानबिन गर्न उपसमिति गठन, संसदमा कारबाहीको माग

    धनगढी । सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टको घुस प्रकरणको भिडियो बाहिरिएपछि छानबिन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ । नेकपा माओवादीका प्रदेश सभा सदस्य मानबहादुर धामीको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको हो ।

    सो उपसमितिमा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य वीर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्ट, नेपाली काँग्रेसका बेलबहादुर राना मगर र नागरिक उन्मुक्ति पार्टीकी टीका थापा सदस्य छन् ।

    सो उपसमितिलाई १५ दिनभित्र सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्नुपर्ने समय दिइएको छ ।  निमित्त निर्देशक भट्टले मातहतका विभिन्न डिभिजन वन कार्यालयबाट रकम असुल गरेको भिडियो सार्वजनिक भएको थियो । साथै भट्टले वन तथा वातावरण मन्त्री रमेश धामीलाई आमाचकारी गाली गरेको अडियो  र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री  दीर्घ बहादुर सोडारीले वनपाले सँग बसेर रक्सी खाने र पैसा उठाउने गरेको भन्ने भिडियो पनि सार्वजनिक भएको थियो । 

    यसैबिच सुदुरपश्चिम प्रदेश सभाको आज (सोमबार) को वैठकमा बोल्ने प्रदेश सभा सदस्यले निमित्त वन निर्देशक भट्ट माथि कारबाहीको माग गरेको छन् । संसद्को शून्य समयमा धारणा राख्दै माओवादीका प्रदेश सभा सदस्य मान वहादुर धामी र एमालेकी प्रदेशसभा सदस्य सन्तोष कुमारी शर्मा थापाले  घुस खाएको भिडियो सार्वजनिक हुँदा पनि प्रदेश सरकार  र वन मन्त्रीले त्यसलाई साम्य पार्न खोजेको बताए ।


    images
    images

    Logo