काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ।
यसरी सरुवा हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा सरुवा गरिएको छ भने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।
त्यस्तै, काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई पठाइएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । त्यस्तै, सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ ।



