images
images

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन राख्न अनुमति 


  • 212
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन राख्न अनुमति 

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । साउन ३१ गते म्याद थपिएसँगै प्रहरीले आज म्याद थप गर्ने माग गरेको थियो । 

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    सीआईबीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसिकएको भन्दै म्याद थपेको हो । ‘ललिता निवास प्रकरणमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की हिरासतमा रहेका छन् । 

    त्यस्तै, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

    मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई भने यसअघि नै जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको थियो ।

     


    images
    images

    Logo