images
images

तस्करीको सुन २४ क्यारेट शुद्ध


  • 352
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    तस्करीको सुन २४ क्यारेट शुद्ध

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुन २४ क्यारेट प्रमाणित भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको शुद्धता परीक्षणमा उक्त सुन शुद्ध प्रमाणित भएको हो । 

    त्रिभुवन विमानस्थलबाट बिना कुनै रोकावट बाहिरिएको सुन काठमाडौंको सिनामङ्गलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ‘ब्रेक शू’ मा लुकाएर ल्याइएको उक्त सुन एक क्विन्टल रहेको भनी चर्चा भएकोे थियो । 

    टक्सार विभागले २९ साउनमा प्रत्यक्ष प्रशारण गरि गाल्दा उक्त सुन ६० किलो रहेको थियो । सोही सुनको शुद्धता परीक्षण गर्दा २४ क्यारेट रहेको टक्सार विभभागले जनाएको हो । 


    images
    images

    Logo